हिन्दूराष्ट्र र राजसंस्था पक्षधर व्यवसायिहरुले एकीकृत शक्ति नेपाल खोले

ग्ल्यामर गफ

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

धनगढी ।
विभिन्न क्षेत्रमा स्थापित भएका व्यवसायिक व्यक्तिहरुले सोमबार ‘एकीकृत शक्ति नेपाल’ अभियान घोषणा गरेका छन्। उक्त अभियानको सोमबार राजधानीमा घोषणा गर्दै विभिन्न व्यक्तिहरुले पृथ्वीनारायण शाहदेखि अहिलेसम्मका अभियन्ताहरुको स्मरण पनि गरेका छन्। उक्त अभियान हिन्दूराष्ट्र र राजसंस्था पक्षधर हो।

अभियान घोषणा कार्यक्रममा नायक निखिल उप्रेतीले पार्टीको घोषणापत्रमा कयौँ विषय राख्ने तर देशको हितको लागि भने काम नगर्ने भन्दै नेताहरुलाई आरोप लगाएका छन्। घोषणा कार्यक्रममा उनले भने,‘आफ्नो पार्टीभित्रको विवाद, कार्यकर्ताबीचको दुष्टता र आफूआफूमै वैमनस्यता अनि मात्र राजनीति टिक्न सक्छ भन्ने मान्यता राखेका यी सबै पार्टीहरु कुनै अलग होइनन्, हामी वर्षौदेखि एउटै भ्रममा रहिरह्यौँ।’

उनले नेताहरुले देशका लागि केही गर्न सक्छन् भन्ने कुनै आशा नभएको बताए। उनले भने, ‘यदि भावी सन्तानको भविष्यको कसैलाई माया छ भने यिनीहरुको खुलेर प्रतिवाद गरौँ।’ देशलाई प्रेम गर्नुपर्ने उनले बताए।

घोषणा कार्यक्रममा डा। बीपी तिमिल्सिनाले देश चलाउन जिम्मा लिएका व्यक्तिहरुले दोष जति सबै संविधानलाई दिएको आरोप लगाएका छन्। उनले देशको कुनै पनि क्षेत्र पहिलेको भन्दा राम्रो नभएको बताए। उनले भने, ‘राष्ट्रिय एकता पहिलेभन्दा कमजोर, जनताको स्वास्थ्य स्थिति पनि पहिलेभन्दा कमजोर, शान्ति सुरक्षा पहिलेभन्दा कमजोर, अपराध पहिलेको भन्दा बढी।’ देश र जनतालाई जे हुनुपर्छ भनेर अपेक्षा राखिएको थियो त्यो राम्रो नदेखिएको उनको भनाइ छ।

सम्बन्धित खवरहरु

सक्सेस अचिभर्स अवार्ड २०२१ सम्पन्न

अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ । कार्यक्रममा

थप पढ्नुहोस

मिस टिन क्विन २०२१ सम्पन्न

अनुजा मिडिया प्रा.लि.को ब्यानरमा संचालन भएको मिस टिन क्विन २०२१ को ग्राण्ड फाइनल सम्पन्न भएको छ । ललितपुर बालकुमारी स्थित

थप पढ्नुहोस

थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्‍यु

५ कात्तिक, काठमाडौं। पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५३

थप पढ्नुहोस

लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु हुँदै

धनगढी , सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार

थप पढ्नुहोस

सेजन अध्यक्षमा बराल निर्वाचित

काठमाडौं,  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन्।आज भएको निर्वाचनमा बरालले कुल खसेको २ सय

थप पढ्नुहोस

गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित

थप पढ्नुहोस

उपाध्यक्ष गौतमद्वारा नेकपा (एमाले) परित्याग

काठमाडौं , नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले

थप पढ्नुहोस