कांग्रेसले ५३ जिल्लाको क्रियाशील सदस्यको नामावली जिल्लामा पठायो

ग्ल्यामर गफ

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

धनगढी ।
नेपाली कांग्रेसको निर्वाचन समितिले सोमबारसम्म ५३ जिल्लाको क्रियाशील सदस्यको नामावली जिल्ला–जिल्लामा पठाइएको बताएको छ । निर्वाचन समितिका सदस्य महादेव यादवले पार्टी कार्यालयबाट आएको नामावली सबै जिल्ला पठाइएको बताएका हुन् । उनले नामावलीसँगै ५३ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाइएको जानकारी दिए ।

‘भदौ १८ गते गाउँरनगर वडा तहको अधिवेशन गरेर कांग्रेसको १४ औँ महाधिवेशनको सुरुवात हुँदैछ । त्यसैको तयारीमा निर्वाचन समिति पनि लागेको छ । अहिलेसम्म ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली जिल्ला पठाइसकिएको छ,’ उनले भने, ‘यी ५३ जिल्लामा निर्वाचन अधिकृत पनि तोकेर पठाइसकिएको छ ।’
उनले अहिले क्रियाशील विवरण नपुगेका जिल्लामा छिटै पुग्ने बताए । ‘अन्य जिल्लामा पनि छिटै क्रियाशील नामावली जानेछ । पार्टीले निर्वाचन समितिलाई विवरण बुझाएसँगै समितिले पनि जिल्लामा पठाइहाल्छ,’ उनले भने, ‘अब भदौ १८ मा अधिवेशनको सुरुवात हुन्छ ।’

यादवले भदौ १८ गते अधिवेशन गर्न नसक्ने अवस्था भए निर्वाचन अधिकृतले निर्वाचन समितिसँग समय माग गरेर केही दिन अधिवेशन सार्न सक्ने पनि बताए । ‘१८ गते नै अधिवेशन गर्न नसक्ने भए निर्वाचन अधिकृतले निर्वाचन समितिलाई पत्र लेखेर केही दिन सार्नको लागि अनुरोध गर्न सक्छ,’ उनले थपे, ‘सोही आधारमा निर्वाचन समितिले अनुमति दिन सक्छ ।’

त्यसो त १८ गते गाउँरनगर वडा अधिवेशन हुन नसक्ने भन्दै भदौ २२ गते सार्नुपर्ने विषयमा पनि कांग्रेसभित्र बहस सुरु भइसकेको छ ।

कांग्रेस केन्द्रीय समितिले भदौ १८ गते गाउँरनगर वडा अधिवेशन, भदौ २७ गते गाउँरनगर अधिवेशन, असोज १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, असोज ५ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन ९एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, असोज १० गते एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, कात्तिक १०–१२ प्रदेश अधिवेशन, मंसिर ९–१३ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन हुने कार्यतालिका छ ।

सम्बन्धित खवरहरु

सक्सेस अचिभर्स अवार्ड २०२१ सम्पन्न

अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ । कार्यक्रममा

थप पढ्नुहोस

मिस टिन क्विन २०२१ सम्पन्न

अनुजा मिडिया प्रा.लि.को ब्यानरमा संचालन भएको मिस टिन क्विन २०२१ को ग्राण्ड फाइनल सम्पन्न भएको छ । ललितपुर बालकुमारी स्थित

थप पढ्नुहोस

थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्‍यु

५ कात्तिक, काठमाडौं। पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५३

थप पढ्नुहोस

लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु हुँदै

धनगढी , सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार

थप पढ्नुहोस

सेजन अध्यक्षमा बराल निर्वाचित

काठमाडौं,  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन्।आज भएको निर्वाचनमा बरालले कुल खसेको २ सय

थप पढ्नुहोस

गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित

थप पढ्नुहोस

उपाध्यक्ष गौतमद्वारा नेकपा (एमाले) परित्याग

काठमाडौं , नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले

थप पढ्नुहोस