एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशका १४ सांसद आजै सनाखत गर्दै

ग्ल्यामर गफ

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

धनगढी,
नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा रहेका छन् ।

आज बेलुका ५ बजेसम्म १४ जना भन्दा बढी प्रदेश सभा सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने सम्भावना रहेको छ । अहिले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सांसदहरु सनाखत गर्ने तयारीमा जुटेका हुन्। आजै नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सनाखत गर्ने तयारी भइरहेको जानकारी गराइन् ।

‘निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको छ। हामी आजै धनगढीस्थित कार्यालयमा पुगेर सनाखत गर्ने तयारी भईरहेको उनले जानकारी गराइन् । सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन्। विगतमा उनीहरुमध्ये माधव समूहमा १८ र ओली समूहमा ७ जना थिए। नयाँ पार्टी दर्ता भएपछि अंकगणित फेरवदल हुने सम्भावना छ ।

नेकपा एकीकृत (समाजवादी) पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरुका लागि २२ गतेसम्मको समयसीमा तोकिएको थियो। सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।

सम्बन्धित खवरहरु

सक्सेस अचिभर्स अवार्ड २०२१ सम्पन्न

अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ । कार्यक्रममा

थप पढ्नुहोस

मिस टिन क्विन २०२१ सम्पन्न

अनुजा मिडिया प्रा.लि.को ब्यानरमा संचालन भएको मिस टिन क्विन २०२१ को ग्राण्ड फाइनल सम्पन्न भएको छ । ललितपुर बालकुमारी स्थित

थप पढ्नुहोस

थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्‍यु

५ कात्तिक, काठमाडौं। पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५३

थप पढ्नुहोस

लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु हुँदै

धनगढी , सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार

थप पढ्नुहोस

सेजन अध्यक्षमा बराल निर्वाचित

काठमाडौं,  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन्।आज भएको निर्वाचनमा बरालले कुल खसेको २ सय

थप पढ्नुहोस

गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित

थप पढ्नुहोस

उपाध्यक्ष गौतमद्वारा नेकपा (एमाले) परित्याग

काठमाडौं , नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले

थप पढ्नुहोस