धनगढी ,
कैलालीको अत्तरीया मा रहेको एक हाटेलमा आगलागी भएको छ ।मनकामना – २ अत्तरिया बस पार्क अगाडी रहेको टेक्सास डान्स बारको स्टोर रुममा आगलागी भएको हो ।
बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागी भएको केही समयमै ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका थिए ।
मनकामना नगरपालिकाको दमकलवाट प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएका हुन् । आगलागी दिउसा भएका कारण करोडौको क्षति हुनवाट जोगिएको छ । यद्धपी कति क्षति भएको भन्ने विवरण भने आउन बाकिँ रहेको छ ।