काठमाडौं,
नेकपा (एमाले)ले प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए)को भेला आयोजना गर्दैछ ।
(पीपीएलए) एमाले पार्टी निकट पेशागत तथा प्रगतिशील कानून व्यवसायीको संगठन हो । शुक्रबार उक्त संगठनको भेला च्यासलमा बस्दैछ ।
भेलालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली जाने कार्यक्रम छ । तर (पीपीएलए)का अध्यक्ष रुद्र नेपाल र इन्चार्ज रघुजी पन्तको भेला रोक्न माग छ।
अध्यक्ष र इन्चार्जलाई नै वाइपास गरेर असन्तुष्टिकाबीच पनि अध्यक्ष ओलीसहितको नेताहरुको उपस्थितीमा भेला जसरी पनि हुने निर्णय भइसकेको बताइएको छ ।
यसले पूर्वमाधव नेपालमा रहेका नेताहरुलाई भने धक्का भएको छ । माओवादीसँगको एकता पूर्वको अवस्थाम पार्टीको जिम्मेवारी र गतिविधिमा रहने १० बुदे सहमति अनुसार पूर्वनेपाल पक्षका नेताहरु एमालेमै रहेका छन् । गत भदौमा भएको १० बुदे सहमतिमा पनि २ जेष्ठ २०७५ अघिको संरचनामा पार्टी त्रियाशील रहने उल्लेख गरेको छ ।
उक्त सहमतिलाई कार्यान्वयन गर्दा स्वतस् ९पीपीएलए०को अध्यक्ष रुद्र नेपाल र इन्चार्जको जिम्मेवारी रघुजी पन्तलाई हुन्छ । तर एमाले ओली समूह भने उक्त पार्टी संरचनाको जिम्मेवारी भन्दा फरक तरिकाले गतिविधि गरिरहेको पूर्वनेपाल पक्षका नेताहरुको आरोप छ ।
बिहीबार एमालेले जारी गरेको एक बिज्ञप्तिमा पनि प्रवक्ता प्रदीप ज्ञवाली उल्लेख थियो । तर १० बुँदे सहमति अनुसार हो भने योगेश भट्टराई पार्टी प्रवक्त हुन् ।