कांग्रेस महाधिवेशन सुरु

ग्ल्यामर गफ

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

काठमाडौँ,
सत्तारुढ दल नेपाली कांग्रेस महाधिवेशनमा सुरु भएको छ । पाँच पटकसम्म मिति सारेपछि आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं गर्ने भनिएको १४ औं महाधिवेशन हुनेनहुने आशंका भइरहेका बेला शुक्रबा। वडा अधिवेशनहरु सुरु भएका छन् ।

कांग्रेस महाधिवेशनका लागि वडा अधिवेशन प्रारम्भिक चुनाव हो । प्रारम्भिक अधिवेशन सुरु भएसँगै मंसिरको महाधिवेशन हुने निश्चित भएको कांग्रेस नेताहरुले बताएका छन् । शुक्रबार देशभरका ६ हजारभन्दा धेरै वडामा एकै पटक अधिवेशन गर्ने भनिए पनि आवश्यक तयारीका कारण शुक्रबार देशका केही वडाहरुमामात्र अधिवेशन सुरु भएको छ । केही वडाहरुमा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । यही भदौ २३ गतेसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

शुक्रबार वडा अधिवेशन सुरु भएपछि कांग्रेसका शीर्ष नेताहरुले अधिवेशन सफलताको कामना गर्दै महाधिवेशन निश्चित भएको सन्देश दिएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भक्तपुरकोे सूर्यविनायक नगरपालिकाको वडा अधिवेशन उद्घाटनमा पुगेका छन् । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ को कटुन्जेमा सभापति देउवाले वडा अधिवेशन उद्घाटन गरेका छन् ।

सो क्रममा सभापति तथा प्रधानमन्त्री देउवाले कांग्रेस सशक्त भएकोसमेत दावी गरेका छन् । उनले केही दिन अगाडि एमाले नेता तथा भक्तपुरबाट प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दिएको चुनौतीको पनि जवाफ दिएका छन् । देउवाले भने, ‘मलाई महेश बस्नेतजीले चुनौती दिनु भएछ । मलाई होइन, हाम्रो पार्टीका सभापति दुर्लव थापालाई हराएर देखाउँनहोस् ।’

केही दिनअघि बस्नेताले भक्तपुरमा कांग्रेस खोज्नुपर्ने अवस्थामा रहेको भन्दै सभापति देउवा लडे पनि पराजित हुने बताएका थिए । देउवाले शुक्रबार सोही चुनौतीको जवाफ दिएका हुन् ।

सभापति तथा प्रधानमन्त्री देउवाले शुक्रबार बिहान भिडियो सन्देश जारी गर्दै वडा अधिवेशन सफलताको कामना गरेका थिए ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेलले विहीबार नै भिडियो सन्देश दिँदै आत्मको पुकार सुनेर निर्णय गर्न नेता तथा कार्यकर्तामा आव्हान गरेका थिए । वडा अधिवेशनहरु सुरु भएपछि उपसभापति विमेन्द्र निधि, महामन्त्रीहरु डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायतले वडा अधिवेशन सफलताको कामना गरेका थिए ।

वडा अधिवेशनले वडा कार्यसमिति चयन गर्नुका साथै स्थानीय तहस्तरीय अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन र जिल्ला अधिवेशनमा मतदान गर्न पाउने क्षेत्रीय प्रतिनिधि चयन गर्छ । क्षेत्रीय प्रतिनिधिले नै महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकाले वडा अधिवेशनले नै भावी नेतृत्व कस्तो आउँछ भन्ने आकलन गर्न सकिने हुन्छ । त्यसैले नेताहरुले वडा अधिवेशनलाई निकै महत्व दिएका हुन् ।

सम्बन्धित खवरहरु

सक्सेस अचिभर्स अवार्ड २०२१ सम्पन्न

अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ । कार्यक्रममा

थप पढ्नुहोस

मिस टिन क्विन २०२१ सम्पन्न

अनुजा मिडिया प्रा.लि.को ब्यानरमा संचालन भएको मिस टिन क्विन २०२१ को ग्राण्ड फाइनल सम्पन्न भएको छ । ललितपुर बालकुमारी स्थित

थप पढ्नुहोस

थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्‍यु

५ कात्तिक, काठमाडौं। पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५३

थप पढ्नुहोस

लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु हुँदै

धनगढी , सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार

थप पढ्नुहोस

सेजन अध्यक्षमा बराल निर्वाचित

काठमाडौं,  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन्।आज भएको निर्वाचनमा बरालले कुल खसेको २ सय

थप पढ्नुहोस

गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित

थप पढ्नुहोस

उपाध्यक्ष गौतमद्वारा नेकपा (एमाले) परित्याग

काठमाडौं , नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले

थप पढ्नुहोस